ताजा अपडेट »

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : सभापति देउवा

सोमबार, ११ मंसिर २०८०, १३ : ३६
182 Shares
सोमबार, ११ मंसिर २०८०
182 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्।भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले अहिलेको व्यवस्थाको विकल्प खोज्ने बेला नभएको बताए।

‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,’ सभापति देउवाले भने। उनले गणतन्त्रको विरोध गर्नेहरुको अर्थ नरहेको बताए। गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् भन्ने प्रश्नमा सभापतिले देउवाले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं।’

गठबन्धन नेतृत्वको सरकारको आलोपालोका विषयमा सोधिएको प्रश्नमा सभापति देउवाले ‘पछि थाहा हुने’ बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।