पाल्पा । माथागढी गाउँपालिका,पाल्पाले लैङ्गिक हिंसा विरुद्वकाे १६ दिने अभियान झडेवामा आईतवारदेखि सुरु गरेकाे छ । अभियानकाे ओैपचारिक सुरुआत् माथागढी गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चे मगरले प्रभातफेरि कार्यक्रमसँगै गरेकी थिईन् । गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी ,स्थानीय महिला समन्वय समितिकाे विशेष उपस्थितिमा गाउँपालिकाकाे भवनदेखि बजार क्षेत्र र किसान मावि परिसरसम्म पुगेर र्याली सम्पन्न भएकाे थियाे।
उक्त र्यालीमा सहभागीहरुले लैङ्गिक हिंसा अन्त्य गराै,महिला पुरुष बराबरी, बिहेवारी -२० वर्ष पारि लगायतका नारा समेत लगाएका थिए । ओैपचारिक कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया लुङ्चे मगरले लैङ्गिक हिंसा विरुद्वकाे १६ दिने अभियानलाई गाउँगाउँ र टाेलटाेलमा पुराई हिंसाकाे दरलाई घटाउन सबैले सन्देश प्रवाह गर्नुपर्ने बताईन् । हिंसालाई सहन नहुने,हिंसा राेक्न सबैले प्रयत्न गर्नुपर्ने र अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सबैसँगकाे हातेमालाे आवश्यक रहेकाे उनले बताईन् ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे,महिला शाखा प्रमुख पुनम चिदी,चेतकुमारी ढकाल,लिला चिदी लगायतले लैङ्गिक हिंसा विरुद्वकाे अभियानलाई राम्राेसँग सञ्चालन गरि लैङ्गिक हिंसामुक्त गाउँपालिका बनाउन आफूहरु आतुर रहेकाे बताए । ओैपचारिक कार्यक्रमपछि पालिकाले महिला सशक्तीकरणका लागि सक्षमता अभिवृद्धि तालिमकाे आयाेजना समेत गरेकाे छ ।
उक्त तालिममा लैङ्गिक हिंसा विरुद्धको अभियानकाे ऐतिहासिकता,नेपालकाे वर्तमान परिवेश,महिला हिंसाका कारण,असर र उपचारका विधि,महिला सशक्तीकरणका पाईलाहरु र आर्थिक समृद्धिका लागि उद्यमशीलता विषयमा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र सहकारीकर्मी बेनप्रसाद थापाले आईतवार सहजीकरण गरेका छन् । त्यसै गरि संस्कृति संरक्षणमा महिला,सञ्चारमा महिला र महिला पहिला कसरी विषयमा सञ्चारकर्मी रीमा गाहा लगायतले साेमवार सहजीकरण गर्ने कार्यक्रमकाे संयाेजक बिष्णु जीसीले बताईन् ।
साेही अभियानकाे प्रसंगमा तयार पारिएकाे शिलाचित्र गाउँपालिकाकी उपाध्यक्षलाई कलाकार बेनुले उपहार प्रदान गरेका थिए ।
प्रतिक्रिया