बुटवल । रोटरी क्लब अफ रुपन्देहीले ओमसतिया गाउँपालिकामा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । रोट्रयाक क्लब अफ रुपन्देही र ओमसतिया गाउँपालिकासँग सहकार्य गरी आयोजना गरिएको मेघा हेल्थ क्याम्पमा ५ सय बढीले सेवा लिएको आयोजक क्लबका अध्यक्ष हरि लम्सालले जानकारी दिए ।
विभिन्न समयमा सामाजिक क्रियाकलपा सञ्चालन गर्दै आएको क्लबले सो अभियानलाई निरन्तरता स्वरुप निशुल्क स्वाथ्यपरीक्षण शिविर आयोजना गरिएको अध्यक्ष लम्सालले बताए । निता पोलीक्लिनिक मणिग्रामको प्राविधिक सहयोगमामा ओमसतिया–४ बसन्तपुर हेल्थपोष्टमा शिविर सञ्चालन गरिएको थियो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले सामाजिक क्षेत्रमा क्लबले सञ्चालन गरेको अभियानलाई निरन्तरताका लागि सुझाब दिए । ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित यादव, उपाध्यक्ष सुनिता चौधरी, वार्ड नम्बर ५ का अध्यक्ष मदन पोखरेलले, ३ नम्बर वडाका अध्यक्ष प्रकाश सिंह लगायतले बोल्दै सामाजिक क्षेत्रमा क्लबले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
ओमसतिया–४ का अध्यक्ष अखिलेश्वर कुमार पाण्डेको अध्यक्षतामो भएको कार्यक्रम रामप्रसाद ढकाललको स्वागत तथा दीपक ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया