ताजा अपडेट »

बुटवलको नहरपुरमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

शुक्रबार, ०८ मंसिर २०८०, १४ : १८
100 Shares
शुक्रबार, ०८ मंसिर २०८०
100 Shares

बुटवल । बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

रूपन्देहीको बेलवास बेथरी सडकखण्ड अन्तर्गत बुटवल ११ नहरपुर मा लु १ च ७०२४ नम्बरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी बुटवल ११ निवासी ४५ वर्षीय शालिकराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्युभएको हो । सोही दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक बुटवल ११ का शेखर पोखरेल भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।