ताजा अपडेट »

तिनकुनेबाट दुर्गा प्रसाईंका २६ समर्थक पक्राउ

शुक्रबार, ०८ मंसिर २०८०, १३ : ३२
102 Shares
शुक्रबार, ०८ मंसिर २०८०
102 Shares

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंका २६ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँको तीनकुनेमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, आङनिमा शेर्पा, नवराज अधिकारी, तेजनारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उणेश पराजुली, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरी थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यम कुमार मैनाली, हरीप्रसाद दहाल, दिलबहादुर घिसिङ, धन सिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र सावित्रा क्षेत्री रहेका छन् ।

उनीहरुलाई माइतीघरस्थित प्रहरी वृत्तमा राखिएको छ ।यता,  जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।