ताजा अपडेट »

‘नजरबन्द’मा परेका प्रसाईंकाे प्रश्न - जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ?

शुक्रबार, ०८ मंसिर २०८०, १३ : ०१
176 Shares
शुक्रबार, ०८ मंसिर २०८०
176 Shares

काठमाडौँ । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईं घरमै ‘नजरबन्द’मा परेका छन्।  तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंलाई प्रहरी परिचालन गरी घरमै ‘नजरबन्द’मा राखिएको हो । 

उनले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् । आफ्नै घरमा जम्मा भएका केही सञ्चारमाध्यमसँग कुरा गर्दै प्रसाईले भने, ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ? हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ?’

‘मलाई यसरी एरेस्ट गर्छन् भने ठिक छ । मलाई कुनै आपत्ति छैन’, उनले भने, ‘म क्यान्सर सर्भाइभर हुँ । कति बाँच्छु मलाई नै थाहा छैन । प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्याङ म पनि हुँ । हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन ? आज उहाँलाई सत्तामा पुर्याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् । उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’

प्रसाईंले आफु घर एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिएपनि देशभर प्रदर्शन हुने बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।