बुटवल । फेसन शो को इतिहासमै पहिलोपटक नेपालमा नै फरक किसिमको फेसन शो आयोजना गरेकी सोनिया गुरुगंले चितवनको भरतपुर स्प्रिकंल किडस गार्डेन मन्टेश्वरीको सक्रियतामा चितवनको भरतपुरमा सोनिया रन्वोज कार्यक्रमको भाग ७ आयोजना गर्न लागेकी छिन् ।
चितवनको भिन्ना भिनै विद्यालयका ५ देखि १५ वर्ष समुहका ५० विद्यार्थीहरुको सहभागितामा १२ दिनको कडा प्रशिक्षण पछि कार्यक्र्म हुने स्प्रिकल किड गार्डेन मन्टेश्वरी् प्रिसिपल जुली धिमिरे जानकारी दिइन् । नेपालको बिभिन्न ठाउँहरुमा सिर्जनात्मक तरिकाले फेशन सो गर्दै आएकी सोनिया गुरुगंले हरेक पटक आफ्नो प्रस्तुती मार्फत समाजमा सकारात्मक सोचको बिकास गर्दै आएकी छिन् भने सामाजिक कार्य अन्तर्गत कार्यक्र्मबाट संकलित रकम मध्य केहि रकम हाम्रो बाल संरक्षण धरोहर,नेपाललाई सहयोग गर्ने गछिन् ।
उनकै कार्यक्र्ममा पनि हाम्रो बाल संरक्षण धरोहर, नेपाल नामक सस्थाका १० जना बालबालिकाहरुले पनि फेशन शोमा आआफ्नो प्रस्तुती प्रस्तुत गर्ने अवसर प्रदान गरेकी थिइन् । फेसन शो को ईतिहासमा हालसम्म आफुलाई बैगलै किसिमको परिचय स्थापित गराउन सफल सोनियाले नेपालमा पनि ईतिहास रचन सफ्ल भएको कार्यक्रम सोनिया रन्वोज भाग २ मा महिला, पुरुष, तेस्रो समुहका मोडलहरुले आआफ्नो प्रस्तुती मार्फत समाजमा सबैलाई समान अवसर प्रदान गर्नुपर्छ भने फेसन सो मार्फ्त आवज उठाएक़ी थिइन् ।
चितवनको भरतपुर हुन लागेको सोनिया रन्वोज नयाँ आवाजका साथ यही शनिवा मा प्रस्तुत हुन गईरहेको छ ।बालवालिकाहरुको भित्री डर, आत्मा गल्यानी, दबियका आवाजहरु र परिर्वतन चाहाने इच्छाहरुलाई समेटेर ‘कार्न्ती परिर्वतनको लागि’ बिषयबस्तु बनाई कार्यक्रम सिर्जनात्मक तरिकाले प्रस्तुत गरिने आयोजक कमिटिले जानकारी गराएको छ ।
कार्यक्रममा ५० जाना प्रतिसप्रधीहरुलाई उनिहरुले प्रस्तुत गरेको क्रिर्याकलापहुरुको प्रशिक्षण मुल्याकंन गरि सोनिया रन्वोज,मार्वल्शमी लगाएत बिभिन्न बिज्ञ१पन , फेशन सोज, लगाएत अन्य कार्यक्रममा पनि सहभागी गराईने कार्यक्रम संयोजक सोनिया गरुगंले जानकारी गराउनु भएको छ १
प्रतिक्रिया