काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेकाे छ भने आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।
बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया