ताजा अपडेट »

रेडियो धुर्कोट पाँचौ वर्षमा प्रवेश

विहीबार, ०७ मंसिर २०८०, ०८ : ५७
72 Shares
विहीबार, ०७ मंसिर २०८०
72 Shares

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालीकाको मुकाम बर्बोटबाट संचालित सामुदायिक रेडियो धुर्कोट आजबाट पाँचौ वर्षमा प्रवेश गरेको छ । समुदायकै लागी समर्पित समुदायको आबज सामुदायिक रेडियो धुर्कोट १०२.२ मेगाहर्ज भन्ने मुल मन्त्र का साथ २०७६/असोज १३ गते वाट परिक्षण प्रसारण भई २०७६ मंसिर ७ गते बाट निमित्त प्रसारण सुरु भएको थियो।

धुर्कोट बहुउदेयश्यीय सहकारी संस्थाद्धारा संचालित सामुदायिक सामुदायिक रेडियो धुर्कोट अहिले दैनिक १७ घन्टा प्ररसाण रहेको छ । स्थानीय तहको गठनपश्चात गुल्मीमै पहिलो पटक स्थानीय तह धुर्कोट गाउँपालिकामा दर्ता भएको रेडियो हो यो । गुल्मी , अर्घाखाँची ,प्युठान ,बाग्लुङ्ग लगायतका जिल्लाका ठाँउहरुमा सुन्न सकिने रेडियोका ब्यबस्थापक बाशुदेव पोख्रेलले बताए । रेडियो संचालक सहकारी संस्थाका अध्यक्ष केशवराज खनालले रेडियोका श्रोता, बिज्ञापनदाता, सहयोगी संघ संस्था र शुभेच्छुकहरुलाई यस अवसरमा शुभकामना दिएका छ्न । सदरमुकामका रेडियोहरु भाडाको घरमा चलिरहेको बेला यो रेडियोको भने आफ्नै भवन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।