ताजा अपडेट »

ललितपुर महानगरपालिकाले अत्याधुनिक दुई वटा दमकल थप्यो

बुधबार, ०६ मंसिर २०८०, १३ : ४०
86 Shares
बुधबार, ०६ मंसिर २०८०
86 Shares

काठमाडाैं । ललितपुर महानगरपालिकाले अत्याधुनिक दुई वटा दमकल थपेकाे छ ।ललितपुर महानगरले एक सय मिटर भन्दा धेरै टाढासम्म पानीको फोहोर फाल्न सक्ने डबल क्याबिनको दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

जापानिज कम्पनी इसुजुको दमकल ५ करोड ६५ लाख लागतमा भित्र्याएको महानगरले जानकारी दिएको छ ।महानगरपालिकाले पहिलोपटक फर्म सहित दमकल भित्र्याएको नगर प्रहरी प्रमुख सिताराम हाछेथूले जानकारी दिए ।

‘पेट्रोल पम्प, केमिकल भएको ठाउँमा पानीले आगो निभाउन सकिँदैन, यसका लागि फर्म भएको दमकल थिएन,’ हाछेथूले भने ।उनका अनुसार यी दमकलहरुमा अत्याधुनिक प्रविधिहरु जडान भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।