ताजा अपडेट »

रसुवागढी नाकाबाट सुनका गहनासहित तीन जना पक्राउ

मंगलबार, ०५ मंसिर २०८०, ११ : ३६
24 Shares
मंगलबार, ०५ मंसिर २०८०
24 Shares

काठमाडौं । रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ परेका छन् । चीनबाट नेपाल आइरहेका उनीहरुलाई १३ लाखभन्दा बढी मूल्य बराबरका अवैध सुनका गहनासहित इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट साथबाट तौल १२ तोलाको एक/एक थान बेरुवा औंठी बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद सुनको बजार मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका-५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका–३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।