न्यूयोर्क । अमेरिकाको भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसॅग न्यूयोर्कमा रहेका नेपालीको “मिटिङ एण्ड ग्रिटिङ” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महिला महासॅघ अमेरिका ( फिवना) ले गरेको कार्यक्रमको संयोजनकारी भूमिका हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय प्रबक्ता तथा सामाजिक अभियान्ता केशब राई र थारू एण्ड प्रेण्डस सोसाइटिका बरिष्ठ उपाध्यक्ष दिपक चौधरीले गरेका थिए।
न्यूयोर्कको ज्याक्सन हाइटमा सम्पन्न उक्ट मिटिङ एण्ड ग्रिटिङ कार्यक्रममा न्युयोर्क सिटीका मेयर एरिक एडमका सल्लाहकार नवराज केशी, एनआरएन न्यूयोर्क च्यापटरका अध्यक्ष हेमन्त मल्ल, आदिवासी जनजाति महासॅघ अमेरिका (फिप्ना) की महासचिब टोमा लामा लगायत न्यूयोर्कमा रहेका बिभिन्न सॅघ सॅस्थाहरूका अध्यक्ष, प्रतिनिधीहरू, पत्रकारहरू लगायत नेपालको पहिचान संग सॅधै नजिक रहेका ब्यक्तित्वहरूको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि चौधरीले आफुले जीवनमा भोगेका अनुभबहरू र नेपालमा रहेका कमैया प्रचलनलाई उन्मुक्ति गर्नका लागि आफुले खेलेका भूमिकाबारेमा स्पष्ट पारे । त्यसैगरि नेपालका आदिवासी जनजातिहरूको प्रसॅगमा बोल्दै मन्त्री चौधरीले अहिले संसारभर छरिएर बसेका नेपालका आदिबासीहरू सॅस्कार र सॅस्कृतिमा संरक्षणमा लागेका तर तिनै सॅसार सॅस्कृतिलाई कसरी सेल गर्न सकिन्छ भन्ने सोचको जनचेतना सबैमा आइनसकेकोले यस तर्फ सबैको ध्यान जानुपर्छ भन्नेमा जोड दिए । सोही क्रममा नेपाललाई पैसाको आबश्यकता नभएर उपयुक्त सर सल्लाह र ज्ञानको आबश्यकता रहेकोले नेपालभन्दा बाहिर रहेका सम्पूर्ण नेपालीहरू संगै जोडिएर अघि बड्नुपर्ने आबश्यकतामाथिपनि जोड दिए ।
कार्यक्रममा बिभिन्न सॅघ सॅस्थाका प्रतिनिधिहरूलेपनि नेपालसॅगको सहकार्यमा जोडिनका लागि आफुहरू सॅदैब तयार रहेको प्रतिकृया दिएका थिए भने स्वच्व छबि रहेकाहरूलाई फसाउने अनेकन प्रयासहरू हुनाले यसबाटपनि सचेत रहनका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा हामी ग्लोबलनेपालीको अन्तराष्ट्रिय प्रबक्ता केशब राइले मुख्य मन्त्री चौधरीलाई स्वागत गर्दै नेपालको तराई क्षेत्रमा हुने बाडी प्रकोप लगायत भुकम्म जस्ता अनपेक्षित प्रकोपबाट भइरहेको मानबीय र प्रकृतिक क्षतिलाई रोक्नका लागि आधुनिकयुगको बैज्ञानिक प्रबिधिहरूको प्रयोग गर्नका लागि सुझाब पेस गरे ।
सोही अवसरमा सभापतिको आसनबाट धन्यबाद मन्तब्य दिॅदै आयोजक सॅस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले नेपालमा हुने दाइजो प्रथा, छउपडी प्रथा लगायत अज्ञनता र अशिक्षाको कारण अकालमै ज्यान गुमाउॅदै आएका महिलाहरूको मुक्तिको लागि न्यायोचितरूपमा पर्रिबर्तन ल्याउनकोलागि मन्त्रि समक्ष आग्रह गरिन् ।
कार्यक्रम आयोजक सॅस्थाकी उपाध्यक्ष मैनासेन बज्रचार्यले सॅचालन गरेकि थिइन् भने सॅस्थाकै सदस्य मैया तामाङले आगन्तुकलाई स्वागत गरेकी थिइन् ।
प्रतिक्रिया