बुटवल । मुम्बईको वानखेडे स्टेडियममा बुधबमर भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतीय टोली चौथो पटक फाइनलमा पुगेको हो ।
यसअघि यो टोली सन् १९८३, २००३ र २०११ मा प्रतियोगिताको फाइनलमा पुगेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन बनाएको थियो । विराट कोहलीले आफ्नो करियरको ५० औं एकदिवसीय शतक बनाएका छन् । उनले ११७ रनको इनिङ खेले। श्रेयस अय्यरले १०५ रन बनाए । जवाफमा न्यूजिल्याण्ड ४८.५ ओभरमा ३२७ रनमा अलआउट भयो । उसका लागि डेरिल मिचेलले १३४ रन बनाए । भारतका मोहम्मद शामीले ७ विकेट लिए । उत्कृष्ट बलिङका लागि उनी म्यान अफ द म्याच भए ।
प्रतिक्रिया