ताजा अपडेट »

टिकटक चल्न छाड्यो, इन्टरनेट सेवा प्रदायकको अझै आनाकानी

मंगलबार, २८ कार्तिक २०८०, १९ : ४७
82 Shares
मंगलबार, २८ कार्तिक २०८०
82 Shares

काठमाडौं । नेपालमा टिकटक बन्द भएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै  मंगलबार बन्द भएको हो। 

केही इन्टरनेट सेवा प्रदायकले भने अझै टिकटक एपमा प्रतिबन्ध लगाएका छैनन्। त्यस्ता इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय अटेर गर्ने इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई कानुनअनुसार कारबाही गर्ने चेतावानी दिएको छ। उसले मंगलबार विज्ञप्ति जारी गर्दै अटेर गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो।

अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले हालै सामाजिक सञ्जाल सञ्चलान निर्देशिका ल्याएको जारी गरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।