ताजा अपडेट »

नेपाल सम्वत ११४४ काे पुर्व सन्ध्यामा प्रभातफेरि

मंगलबार, २८ कार्तिक २०८०, ०६ : ३३
217 Shares
मंगलबार, २८ कार्तिक २०८०
217 Shares

तिलाेतमा । नेपाल सम्वत ११४४ को पुर्वसन्ध्यामा सोमबार तिलाेतमामा नेपालहरुकाे माैलिक संवत् नेपाल संवत् ११४४ का अबसरमा प्रभातफेरि रयाली निकालिएको छ । भिमसेन नेवाः समाजको आयोजनामा निकालिएको साे र्यालीमा सामुहिक पूजाआजा पश्चात् सगुन र टिका लगाएर ब्यानरसहित नेवारी पाेशाक पञ्चकन्या, परम्परागत बाजा घिमे झ्याली बजाउँदै निकालिएको छ ।

साे रयाली तिलाेत्तमा ३ स्थित पब्लिक पथबाट शुरु गर्दै शान्तिचोक, लुम्बिनी डेरी , समावेशी पथ माथिल्लो डिङ्गरनगर हुदै पुन पब्लिक पथमा पुगेर समापन गरिएको थियो । ‘भाषा संस्कृति झिगु पौरख, नेपा सम्वत राष्ट्रिय गौरव’ नारा बोकेर साझा उद्देश्य र भावनाका साथ भिमसेन नेवा समाज नेवा समाजमा आबद्ध पुचका १०० बढी सदस्यहरुकाे उपस्थिति रहेको भिमसेन नेवा समाजका अध्यक्ष त्रिभुवन प्रधानाङ्गले बताए ।

नेवारी संस्कृति रितिरिवाज, परम्परागत खानपान र गाजाबाजाहरुकाे संरक्षण गर्दै नयाँ पुस्तालाई साे बारे जानकारी गराउदै नेवारी सभ्यताको बिकासमा आफुहरु क्रियाशील रहेको भिमसेन नेवा समाजका सचिव सितु प्रसाद श्रेष्ठले बताए । साे कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा बुटवल उपमहानगरपालिका बडा न ९ का अध्यक्ष तथा समाजिक समितिका संयाेजक प्रदिप श्रेष्ठकाे समेत उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।