काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भने, ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौँ । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’
प्रतिक्रिया