ताजा अपडेट »

टिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता होस्: विश्वप्रकाश शर्मा

सोमबार, २७ कार्तिक २०८०, १७ : ४५
62 Shares
सोमबार, २७ कार्तिक २०८०
62 Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्। महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको बताउँदै सरकारलाई सो निर्णय अविलम्ब फिर्ता लिन निर्णय गरेका हुन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्न थालेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेको थियो। द्वेष फैलाउनेलाई पहिचान गरी नियम बनाई कारबाही गर्नुपर्नेमा सरकारले टिकटक नै बन्द गर्न लागेको भन्दै महामन्त्री शर्माले सरकारको सो निर्णयप्रति विरोध जनाएका हुन्।

‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने  ? कि जोखिम रहित उपचार खोज्ने?,’ उनले लेखेका छन्, ‘एउटा बिराउने साह्रा पिराउने ढङ्गले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस्।’

गर्धनमा पिलो आयो भने गर्धननै काट्ने @PM_nepal_? कि जोखिम रहित उपचार खोज्ने ?
द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, No comment l तर एउटा बिराउने साह्रा पिराउने ढङ्गले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस् l 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।