ताजा अपडेट »

पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

आइतबार, २६ कार्तिक २०८०, १३ : ०५
174 Shares
आइतबार, २६ कार्तिक २०८०
174 Shares

काठमाडौँ । पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। देवचुली नगरपालिका गोरे घुम्ति भन्ने ठाउँमा आइतबार लु १ ज ३२७० नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

मृतकमध्ये ३ जना महिला र ३ पुरुष छन्। साथै, घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृतक कसैको पनि सनाखत भएकाे छैन । नवलपरासकै वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हाे । ब्रेक फेल भएर जिप दुर्घटनामा परेको प्रहरीकाे अनुमान छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।