ताजा अपडेट »

फूल बेच्नेलाई महानगरले आफ्नै गाडीमा राखेर बिक्री स्थल पुर्‍यायाे

आइतबार, २६ कार्तिक २०८०, ११ : २२
82 Shares
आइतबार, २६ कार्तिक २०८०
82 Shares

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलको सवारी साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामनसहित तोकिएको विक्री स्थलमा पुर्‍याइएको छ । तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानहरु नयाँ सडकसहित सहरका विभिन्न ठाउँमा पुगेका थिए । उनीहरुलाई विक्री स्थल थाहा नभएकोले सवारी साधनमा राखेर विक्री स्थलमा पुग्न सहयोग गरिएको हो । 

सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरी बलका जनशक्तिले सघाएका थिए । यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ । यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ । 

‘काठमाडौँ महानगरपालिका, नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा विक्री स्थलबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाइएको हो । प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बेच्ने ठाउँको प्रबन्ध मिलाइएको छ ।’ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह भन्छन्, ‘हामीले नेपाली फूल उत्पादकलाई फूल बेच्न अवरोध गर्दैनौँ । नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ ।’

किसानलाई स्वदेशी उत्पादन विक्रीका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गर्दै प्रमुख शाहले भने, ‘उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गर्नुभएको छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।