जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं। २ को ढाक्मर गाउँमा गएराति ४ वटा हिमचितुवाले किसान मिङ्मार गुरुङको च्यांग्रा खोरमा पसेर ७७ ओटा च्यांग्रा मारेको हो ।
शुक्रबार राति ४ वटा हिमचितुवा गुरुङको खोरमा पसेर अन्दाजी ३० लाख मुल्य बराबरको च्यांग्रामा क्षति पुर्याएको मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भोजप्रसाद पाण्डेले जानकारी दिनुभयो । गाउँको खोरमा तारबार सहितको सुरक्षा भए पनि खोर नाघेर हिमचितुवाले च्याङग्रा मारेको हो । मुस्ताङमा हिमचितुवा र मानवबीचको निरन्तर द्धन्द रहेपनि यो अहिल्यै सम्मकै ठुला पशु क्षति हो ।
घटनाको खबर प्राप्त भए लगतै लोघेकर दामोदरकुण्ड–१ चराङबाट प्रहरी सहायक निरिक्षकको टोली, स्थानीय जनप्रतिनिधि र लोमान्थाङमा स्थित अन्नपूर्ण संरक्षण आयोजना एक्याप ढाक्मर तर्फ आउँदै गरेको स्थानीय छिरिङ गुरुङले जानकारी दिए । हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । गत वर्षसम्म मुस्ताङका ५ स्थानीय तहमा वन्यजन्तुको आक्रमणबाट १९ घर धुरीका ६५ पशुधनमा क्षति पुगेको थियो ।
प्रतिक्रिया