दोलखा । दोलखाको भीमेश्वरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका ७ देउराली भन्ने ठाउँमा बा २१ च ८२६८ नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय सुजन मगरको मृत्यु भएको हो ।
कालिञ्चोकबाट चरिकोटतर्फ जाँदै गरेको बा २१ च ८२६८ नम्बर जीप बागमती प्रदेश ०२०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाका घाइते १२ मध्ये गम्भीर अवस्थाका ५ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए । बाँकी घाइतेको चरीकोटमै उपचार भइरहेको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया