बुटवल । रुपन्देहीको तिलोत्तमामा बाल समूहरसञ्जालका बालबालिकाको लागि क्षमता अभिवृद्धि उद्घोषण तालिम तथा माइन्योट लेखनज सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम वडा बालमैत्री समिति तथा वडा वाल संजाल ६ को आयोजनामा सोमबारदेखि सुरु भएको तालिममा बाल संजालमा आवद्ध ४५ जना बालबालिकाहरुको सहभागिता रहेको छ ।
तालिममा वडा सदस्य पूर्णप्रसाद आचार्य, सिता खनाल गौतम, गोविन्द्रप्रसाद रिजाल, गिता गन्र्धव, वडा सचिव कृष्णबहादुर खत्री लगायतको उपस्थिती रहेको थियो । तालिकमा प्रशिक्षण पत्रकार सन्जु पौडेलले दिने दिएकी थिइन् । सोमबार तालिमको एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले सुभारम्भ गरेका थिए ।
प्रतिक्रिया