बुटवल । हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहारमा काठमाडौं महानगरले राती १ बजेसम्म देउसी/भैलो खेल्न दिने भएको छ । मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको बताएका छन् ।
"बिगतको वर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो ।"- मेयर बालेनले लेखेका छन्, "यो वर्ष काठमाडौ महानगर नगरप्रहरीले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ ।" उनले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई समेत सुरक्षाको प्रबन्ध मिलाउन अनुरोध गरेका छन् ।
प्रतिक्रिया