ताजा अपडेट »

के प्रतिक्रान्तीको सम्भावना छ ?

शुक्रबार, २४ कार्तिक २०८०, ११ : २७
264 Shares
शुक्रबार, २४ कार्तिक २०८०
264 Shares

क्रान्ति र प्रतिक्रान्ति सधै एउटै प्रकृतिको हुने गर्दैन, रूसको क्रान्ति र चिनको क्रान्तिको प्रकृति फरक थियो, क्युवा र भियतनामको क्रान्तिको चरित्र पनिनिश्चित रूपमा फरक थियो, फ्रान्सेली राज्यक्रान्ति र भारतको साम्राज्यवाद विरोधी क्रान्ति पनि एउटै प्रकृतिको थिएन । ठिक त्यसरि नै प्रतिक्रान्तिका चरित्रहरू पनि फरक फरक हुने गर्दछन्, हामि कहाँ जहानिया राणा शाषन विरोधि आन्दोलनबाट संघर्षको प्रारम्भ भएको थियो ।

२००७ सालमा शक्ति सन्तुलनको बिचमा त्रिपक्षिय सहमती बन्यो, जसले दिल्लीमा शरण लिएर बसेको राजपरिवारलाई नेपाल ल्याउने काम गर्यो, राणाको नेतृत्वमा कांग्रेस सहितको संयुक्त सरकार बन्यो, विविध घटनाक्रम हुँदै २०१५ सालमा आम निर्वाचन भयो, जसमा कांग्रेस विजयी बन्यो, दुई वर्ष उसले सरकारको नेतृत्व गर्यो, जनताका समस्याहरू समाधान गर्न सरकारले सकेन, जनताबाट टाढीदँै गयो, परिणामतः २०१७ मा महेन्द्रले पुन सबै सत्ता आफुसगँ केन्द्रित गरे, दलहरूमाथि प्रतिबन्ध लगाउने काम भयो, जनताले दलहरुलाई साथ दिएनन् दरबार सफल भयो, त्यो घटना सारत प्रतिक्रान्ती नै थियो ।

यतिवेला ०३६ साल, २०४६ साल, २०५२ साल र ०६२, ०६३ को जनआन्दोलनको साथै विविध क्षेत्रिय आन्दोलनहरूको जगमा राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना र संविधानसभाबाट संविधानको निमार्ण भएको थियो, । गणतन्त्र स्थापनाको १७ वर्षको विचमा पार्टीहरू र तिनका सरकारहरूको जुन चरित्र देखा पर्यो, यो बिचमा उनीहरुले जुन व्यवहारको प्रदर्शन गरे, यसले नेपाली जनताले आठ दशकसम्म शंघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरू के हामिले जोगाउन सक्दछौं वा सक्दैनौं भन्ने प्रश्न खडा भएको छ ।

यसले गर्दा सन्निकट देखा परेको प्रतिक्रान्तीलाई के हामिले थेग्न सक्दछौं। सम्भावित प्रतिक्रान्तिलाइ रोक्नको निम्ति ०६२÷०६३ को जन आन्दोलनमा जस्तै जनताले के हामिलाइ साथ दिनेछन् ? ध्यान राखौं कि क्रान्तीका रूपहरू भिन्दा भिन्दै भए जस्तै प्रति–क्रान्तीका रूपहरू पनि फरक फरक हुने हुनाले ०१७ सालमा जस्तै प्रतिक्रान्ती श्रीपेच लगाएर आउनेछ भन्ने कुनै जरुरी छैन, आउने निर्वाचनमा संविधान सभाका पक्षधरहरु, संघियताका पक्षधरहरू, धर्मनिरपेक्षताका पक्षधरहरु, समावेशिताका पक्षधरहरु पराजयहुनु नै प्रतिक्रान्तीको संकेत हो।

सामान्य ज्ञानको कुरा यो हो कि यदि समाजको गति अगाडी बढाउन सकिएन भने त्यो स्थीर अवस्थामा रहँदैन, कहिले काहि त्यो पछाडी पनि फर्कने गर्दछ, किनकि क्रान्ती र प्रतिक्रान्ती एउटा सिक्काका दुईटा पाटा हुन, अनुभवबाट हामि भन्न सक्दछौं कि जब क्रान्ति वा संघर्षकोनेतृत्व गरेको वर्ग आफ्ना विचार र एजेण्डाबाट पछाडी फर्कन्छ तब प्रतिक्रान्तीको निम्ति अनुकुल वातावरण बन्ने गर्दछ ।

यतिवेला पुराना दलहरू आफ्ना आदर्श, मुल्य मान्यता र संस्कारबाट विचलित भैसकेका छन्, उनीहरूमा आधारभूत रूपमा कुनै भिन्नता पाउन सकिदैन, उनीहरुको अग्रगमनतर्फ रूपान्तरणको कुनै संभावना देखा पर्दैन, उनीहरुले जनताबाट कमशः विश्वास गुमाउँदै गइराखेका छन्, त्यो अवस्थामा नँया कुनै अग्रगामी शक्ति निर्माण हुन सकेन भने निश्चित रुपमा पुरातन पन्थी विचारको पुनरागमन नहोला भन्न सकिदैन । ती संकेतहरू प्रवलरूपमा देखा परिरहेका छन् ।

कतिपयले भन्न सक्दछन कि यतिठूला भिमकाय पार्टीहरू हुँदा हुँदै, यतिधेरै इतिहास बोकेका नेताहरू हुँदाहुँदै कसरी प्रतिक्रान्ती संभव छ ? प्रतिक्रान्ती कहाँबाट कुन बाटोबाट प्रवेश गर्दछ ? यहाँहरूलाई स्मरण गराउँ कि कुनै जमानामा सोवियतसंघको बोल्सेविक पार्टी कति ठूलो भिमकाय थियो । यसको इतिहास समाप्त होला भनेर कस्ले कल्पनागरेको थियो ?

कुनै जमानामा भारतीय कांग्रेस सत्तरी प्रतिशत मतका साथ सदनमा उपस्थित थियो, कुनै जमानामा भारतको आसाम राज्यमा आसाम गणसंग्राम परिषद् यति बलवान थियो कि त्यो पार्टीसँग केन्द्र सरकार समेत झुक्नु पर्यो र त्यो पार्टीको नेता प्रफुल्ल कुमार महन्त त्यहाँको मुख्यमन्त्री बनेका थिए, आज त्यसको इतिहास किताबमा मात्र सिमित भएको छ । दिल्लीको राज्य सरकारमा तिन दशकसम्म भारतीय कांग्रेस कि नेतृ शिला दिक्षितले नेतृत्व गरिन, उनको कार्यकालबाट वाक्क बनेका दिल्ली वासी जनताले केजरीवाललाई जन्माउन पुगे, जसले कांग्रेसको तीन दशकको इतिहास नामेट पारिदियो ।

पश्चिम बंगाल राज्यमा भारतीय कम्यूनिष्टपार्टी (सि.पि.यम.) ले बत्तीस वर्ष शासन गरेको थिया । त्यो बेला पश्चिम बंगालमा ढुङ्गा, माटो समेत सिपियम बनेको हो कि जस्तो अनुभुति हुन्थ्यो, त्यसले सदनमा शत प्रतिशत जस्तै विजय गर्दथ्यो । जब त्यसको नेतृत्व जनताबाट कट्यो, त्यो अवस्थामा नयाँ गठन भएको ममता बनर्जीको त्रिमुल कांग्रेसले पूर्ण पराजीत गर्यो, त्यसको पनि आाज इतिहास खोज्ने भएको छ ।

त्यसकारण शक्तीको घमण्ड, बलको घमण्ड, बहुमतको घमण्ड कसैले नगरौं, स्थानीय निर्वाचनका बेला काठमाण्डौंका प्रत्यासी केशव स्थापितले गरेको घमण्डको स्मरण गरौं र त्यहाँको परिणाम हेरौ, पुराना पार्टीहरू, अझै पनि मौका छ , रूपान्तरण हुने कोसिस गरौं, रवि लामिछानेले च्यालेनज गरि सक्नु भएको छ, त्यो कुरालाई स्मरण गरौं, दलको चेतनाबाट, समुहको चेतनाबाट माथि उठौ, देशमा आर्थिक संकटकालको घोषणा गरौं, राष्ट्रिय सहमतीको सरकार गठन गरौं, भष्ट्राचारीहरुलाई परिवारबाट निकालौ, समुहबाट निकालौं, पार्टीबाट निकालौं, सिंहदरबारबाट निकालौँ।

बिग्रिएको अर्थतन्त्रलाई ट्राकमा ल्याउने प्रयत्न गरौं, विदेशी पुँजी भित्राएर लगानीमैत्री वातावरणको सृजना गरौ, यदि होइन, तपाईहरु रूपान्तरण नहुने हो, आआफ्नो डम्फु बजाइ रहने हो भने तपाइहरूको पराजय र पतनलाई कसैले रोक्न सक्ने छैन्, अब नितिगत परिवर्तन बिना तपाइहरुको भाषणले, तपाइहरुको अभियानले, तपाइहरुको सम्मेलनले, तपाइहरूको सदस्यता पुनर्ताजगीले तपाइको पतनको दोका बन्द गर्न सक्ने छैन । तपाइहरुको इतिहास बचाइदिने छैन। महानुभावहरू, प्रतिक्रान्तीले मुलढोकामै दस्तक दिइरहेको छ, हामिलाई च्यालेनज गरिरहेको छ ।

अतः संकेतलाइ बुझौं, इसारालाइ बुझौं, दुर्घटनाबाट बचौं र बचाउ । यदि होइन भने भिरबाट लड़ने गोरुलाइ रामराम भन्न सकिन्छ तर काध थाप्न भने सकिदैन । होइन र ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।