ताजा अपडेट »

एसीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो पाकिस्तानसँग खेल्ने

बुधबार, २२ कार्तिक २०८०, १५ : १८
70 Shares
बुधबार, २२ कार्तिक २०८०
70 Shares

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको तालिकाअनुुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

आउँदो २२ मंसिरमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपालले समूह ए मा रहेका भारत र अफगानिस्तानसँग पनि खेल्नेछ । जसअनुसार नेपालले २४ मंसिरमा अफगानिस्तान र २६ मंसिरमा भारतसँग खेल्नेछ ।  आउँदो २२ मंसिरदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल २९ मंसिरमा र फाइनल १ पुसमा हुनेछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।