ताजा अपडेट »

भूकम्प पीडितलाई राष्ट्रपतिले भने : चिन्ता गर्नुपर्दैन, म सरकारसँग कुरा गर्छु

मंगलबार, २१ कार्तिक २०८०, १६ : ११
100 Shares
मंगलबार, २१ कार्तिक २०८०
100 Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितहरुको अल्पकालीन र दीर्घकालीन आवश्यकताबारे सरकारसँग कुरा गर्ने बताएका छन् ।भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि जाजरकोट पुगेका राष्ट्रपति पौडेलले आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ। चिन्ता गर्नु पर्दैन। म सरकारसँग कुरा गर्छु ।’

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गएका थिए। घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुगेका हुन्। उनका प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।