ताजा अपडेट »

तिनाउ खोलामा डुबेर एक भारतीय किशोरीको मृत्यु

मंगलबार, २१ कार्तिक २०८०, १६ : ००
144 Shares
मंगलबार, २१ कार्तिक २०८०
144 Shares

बुटवल । पाल्पामा तिनाउ खोलामा डुबेर एक जना भारतीय किशोरीको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे १ बजे तिनाउ गाउँपालिका(३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

घुम्न आएका विद्यार्थीहरूमध्ये २० वर्षीया शाहिस्ता प्रविन फोटो खिच्नेक्रममा अचानक चिप्लिएर खोलामा डुबेकी थिइन्। भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई विद्यालयबाट शिक्षकसहित २०२५ जनाको संख्यामा नेपालमा घुम्न आएका थिए।

प्रहरी चौकी दोभानबाट खटिएको टोलीले किशोरीको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो। अस्पतालमा पुर्‍याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।