काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ५० लाख रुपैयाँको चेक हस्तान्तर गरेका हुन् ।
कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो । यस्तै कांग्रेसले आफ्नो संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि दिने भनेको छ ।
यता नेकपा एकीकृत समाजवादीले पनि भूकम्पपीडितका लागि राहत रकम प्रदान गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’ लाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया