काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्पपीडितका लागि २५ लाख दिने भएको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
साथै मेची–महाकाली जागरण अभियानका क्रममा १० हजार २७४ जना पार्टी प्रवेश गरेको खतिवडाले दाबी गरेका छन् ।
प्रतिक्रिया