ताजा अपडेट »

भूकम्पबाट घाइते भएकाहरुकाे सरकारले नि:शुल्क उपचार गर्ने

आइतबार, १९ कार्तिक २०८०, १० : २७
30 Shares
आइतबार, १९ कार्तिक २०८०
30 Shares

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुकाे सम्पूर्ण उपचार नि:शुल्क गर्ने भएकाे छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जतिठूलाे उपचार भएपनि नि:शुल्क हुने बताए ।

यस्तै बैठकमा भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुन निर्माणका विषयमा छलफल भएको छ । मन्त्री मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि भएका नीतिगत र व्यवहारिक कमीजोरीहरुलाई सच्याउँदै राहत र पुननिर्माणको काम अगाडि बढाइने बताए ।

उनले विगतमा भन्दा अहिले राहत रकम पनि बढाएर दिने विषयमा छलफल भएको बताएका छन् । तर आजको बैठकले कति रकम दिने भन्ने विषयमा भने निर्णय गर्न सकेन ।
यस्तै बैठकमा खाद्यान्न र बसोबासका लागि तत्काललाई व्यवस्थापन गर्ने आवश्यक सामग्रीहरू तीन भित्र घटनास्थलमा पुर्‍याएर कुनै पनि कुराको कमी हुने नदिने गरी सरकारले काम गर्ने उनले बताए ।

त्यसै गरी छिमेकी देशहरूले दिने सहयोगका विषयमा सरकारले मापदण्ड बनाएर लागू गरेपछि मात्रै लिने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।