ताजा अपडेट »

ध्यानाकर्षणका विषय मन्त्रीले टिप्छन् कि टिप्दैनन्, जवाफ पनि दिदैँनन् : लामिछाने

विहीबार, १६ कार्तिक २०८०, १५ : २८
102 Shares
विहीबार, १६ कार्तिक २०८०
102 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा जनप्रतिनिधिले उठाएको आवाज समेत सरकारले नसुनेको र मन्त्रीहरुलाई सोधेको प्रश्नको जवाफ नपाएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले भने, ‘ध्यानाकर्षणका लागि हामीले उठाएको विषय मन्त्रीले टिप्छन् कि टिप्दैनन् तर जवाफ दिएका छैनन् ।’

उनले संसद नागरिकको आवाज मुखरित गर्ने थलो बन्न नसकेको बताए । ‘यो व्यवस्था, यो संविधान अरु कसैको कारण खतरामा छ कि तपाईं हाम्रै चरित्र र व्यवहारका कारण खतरामा छ ?’ उनले प्रश्न गरे, ‘हामीले व्यवस्था जोगाउन प्राथगमिकता दिएको भए यो चिन्ता गर्नुपर्ने थिएन । हामी यो व्यवस्था, प्रणाली जोगाइरहेका छौं कि आफ्ना मान्छे जोगाइरहेका छौं ?’

यो संसद् ठूला भनिएका तीन दलबाहेक अरूप्रति अनुदार रहेको पनि लामिछानेले बताएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।