ताजा अपडेट »

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

मंगलबार, १४ कार्तिक २०८०, १४ : ५६
24 Shares
मंगलबार, १४ कार्तिक २०८०
24 Shares

काठमाडौं । आइसिसी टि २० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा पाहुना टोली मलेसियाले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर सानदार ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको छ । 

मलेसियाका लागि ओपनरद्वय सैयद अजिज र जुबैदी जुल्किफ्लेले पहिलो ओभरका लागि ५८ रनको आक्रामक अर्धशतकिय साझेदारी गरे । अजिजले ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६८ रनको योगदान गरेका छन् । जुल्किफ्लेले २४ रन जोडे । कप्तान फयाज अहमदले ३ रन, विरनदीप सिंहले ४ रन, शर्विन मुनिन्दीले १३ रन, ऐनूल हाफिजले ३ रन, मोहम्मद अमिरले ८ रन, विजय उन्नीले रन, स्याजरुल इद्रुसले ७ रनको योगदान गरे । 

नेपालका लागि अविनाश बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक/एक विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।