ताजा अपडेट »

राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

आइतबार, १२ कार्तिक २०८०, १४ : ३३
50 Shares
आइतबार, १२ कार्तिक २०८०
50 Shares

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। आइतबार बिहान १ बजे नेपाल आइपुगेका महासचिव गुटेरस र परराष्ट्रमन्त्री साउदबीच १५ मिनेटको  शिष्टाचार भेटघाट भएको छ । 

भेटवार्ताका क्रममा विश्व शान्ति र नेपालको शान्तिप्रक्रिया, जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको  छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।