ताजा अपडेट »

रुपन्देहीमा करेन्ट लागेर २१ वर्षीय युवाको मृत्यु

शुक्रबार, १० कार्तिक २०८०, ११ : ०३
30 Shares
शुक्रबार, १० कार्तिक २०८०
30 Shares

भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्चवारी गाउँपालिका वडा नम्बर ५ बस्ने २१ वर्षीय रमन कुमार पाण्डे रहेको प्रहरीले जानकारी दिएको छ ।

पाण्डेलाई बिहिबार साँझ साढे ६ बजे डिजि नेटको तार मरम्मत गर्ने गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए । डिजि नेटवर्ककै कर्मचारी समेत रहेका पाण्डे आफ्नै वडामा रहेको विद्युत पोलमा नेटको तार मरम्मत गर्दै थिए । सोही क्रममा करेन्ट लागि घाईते पाण्डेलाई उपचारको लागि भैरहवा स्थित सिद्धार्थनगर सिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको भट्टले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।