ताजा अपडेट »

रुपन्देहीमा लागुऔषधसहित एकजना पक्राउ

सोमबार, २० माघ २०७६, २१ : १७
14 Shares
सोमबार, २० माघ २०७६
14 Shares

माघ २०,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीमा लागु औषध सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा लेखनाथ महानगरपालिका–३ का ३८ वर्षीय जलील खान रहेका छन् ।

आइतबार जिल्लाको कालिदह प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेक जाँजको क्रममा लुम्बिनी सांस्कृति नगरपालिका–१३ कालीदह स्थित भारतबाट शंकास्पद रुपमा आउँदै गरेको अवस्थामा उनलाई लागु औषध सहित प्रक्राउ गरिएको प्रहरी नायब उपरिक्षक खडक बहादुर खत्रिले बताए । उनको साथबाट लागु औषध नाईट्रोभेट ७४५ ट्यावलेट डाइजेपाम ६ थान, स्पास्मो ८ थान र भिएग्रा ६० थान वरामद गरेको प्रवक्ता खत्रीले बताए ।

उनी माथि इलाका प्रहरी कार्यालय लुम्विनीद्वारा अनुसन्धान भईरहेको रुपन्देही प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।