ताजा अपडेट »

एसिसी यू१९ प्रिमियर कप : नेपालले उपाधिका लागि युएईसँग भिड्दै

मंगलबार, ०७ कार्तिक २०८०, ०९ : ५०
18 Shares
मंगलबार, ०७ कार्तिक २०८०
18 Shares

काठमाडौँ । नेपालले एसिसी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध टोलीमा एक परिवर्तन गरेको छ । बायोमास ओभलमा टस जितेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।

कप्तान देव खनालले प्लेइङ ११ मा एक परिवर्तन गरेका छन् । नेपालले अलराउन्डर मिलन बोहराको स्थानमा विकेकिपर उत्तम थापामगरलाई आजको खेलमा मौका दिएको छ । उत्तम मध्यक्रममा स्पिन राम्रो खेल्ने गर्दछन् । त्यसैको कारण आज उनलाई मौका दिएको छ । नेपालले सेमिफाइनला जापानसँगको खेलबाट एक बाहेक अन्य परिवर्तन गरेको छैन ।

नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले गत फागनुमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो । नेपाल पुन युएईलाई हराउँदै उपाधि जित्न चाहन्छ । युएई त्यसको बदला लिन खोज्नेछ । दुबै टोलीमा विश्वकप एसिष क्षेत्र छनोट खेल्दाका खेलाडी छन् ।

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।