ताजा अपडेट »

कति बन्धक छन् हमासको हिरासतमा ?

आइतबार, ०५ कार्तिक २०८०, १८ : २३
16 Shares
आइतबार, ०५ कार्तिक २०८०
16 Shares

काठमाडौ । इजरायली सेनाले गाजामा बन्धक बनाएका मानिसहरूसँग सम्बन्धित नयाँ जानकारी दिएको छ। सेनाको विश्वास छ कि हमासले गाजामा २१२ सर्वसाधारणलाई बन्धक बनाएको छ।

गत शुक्रबार हमासले दुई अमेरिकी नागरिकलाई रिहा गरेको थियो । अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धकको यो पहिलो रिहाइ थियो।

जसपछि इजरायली सेनाका प्रवक्ताले शनिबार हमाससँग इजरायल र अन्य देशका कुल २१२ बन्धकहरू बाँकी रहेको बताए।

इजरायली सेनाले बन्धकहरूमा २० बालबालिका र ६० वर्षभन्दा माथिका १० देखि २० व्यक्ति रहेको बताएको छ । बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।