ताजा अपडेट »

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

शुक्रबार, ०३ कार्तिक २०८०, १४ : ४५
172 Shares
शुक्रबार, ०३ कार्तिक २०८०
172 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट डा. सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।

रूपक पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका छोरा हुन्। उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।