ताजा अपडेट »

एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

बुधबार, ०१ कार्तिक २०८०, १४ : ०९
70 Shares
बुधबार, ०१ कार्तिक २०८०
70 Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच उद्यमी विकास बैंक एफएमओबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।

बैंक र एफएमओबिचको यस साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम ५ मिलियन विकाश र प्रबर्दनको लागि प्राप्त भएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।