ताजा अपडेट »

गैरआवासीय नेपालीलाई नागरिकता वितरण, प्रधानमन्त्रीले भने : ठूलो उपलब्धि हो

मंगलबार, ३० असोज २०८०, १० : १४
26 Shares
मंगलबार, ३० असोज २०८०
26 Shares

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको शुभारम्भ गरेको छ ।

मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्दै अभियानको शुभारम्भ गरेका हुन् । यस्तै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले पनि नागरिकताको प्रमाणपत्र लिएका छन् ।

सरकारले पहिलोपल्ट गैरआवासीय नेपाली नागरिकता प्रदान गरेको हो ।

सो अवसरमा बाेल्दै प्रधामन्त्री प्रचण्डले देश विकासमा गैर आवासीय नेपालीहरुको सहयोग महत्वपूर्ण हुने बताएका छन्। उनले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको बताए।

‘त्यसकै बलमा तपाईहरूले आज गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुभएको छ, यो तपाईंहरुले प्राप्त गरेको संवैधानिक अधिकार पनि हो।’ उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।