ताजा अपडेट »

कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, राई र राना मन्त्री नियुक्त

आइतबार, २८ असोज २०८०, १५ : ५१
86 Shares
आइतबार, २८ असोज २०८०
86 Shares

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् ।

कार्की संविधानको धारा १६८ को उपधारा ९५० अन्तर्गत मुख्यमन्त्री बनेका थिए । उनलाई एमाले र कांग्रेसका ८ विद्रोही सांसदको समर्थन छ ।

कार्कीले कांग्रेसको शेखर कोइराला पक्ष र एमालेलाई मात्र समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्रीमा नियुक्त गरिएको छ । उनीहरूले पनि शपथ लिएका छन् । दुवै मन्त्री हाल बिनाविभागीय छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।