ताजा अपडेट »

कारखाना बन्दै गुल्मी कारागार !

शनिबार, २७ असोज २०८०, २० : ०६
32 Shares
शनिबार, २७ असोज २०८०
32 Shares

गुल्मी । गुल्मी जिल्ला कारागार भित्र नियाल्दा त्यहाँ भित्रका कुनै पनि कैदीबन्दीलाई एक अर्कासंग बोल्ने समेत फुर्सद थिएन । सबै जना आ-आफ्नो काममै ब्यस्त थिए । कोही बाँस काटेर चिर्दै थिए । कोही नाईलनको डोरी बुन्दै थिए । नजिकै फेरी अर्को ढाका उद्योगका तान चल्दै थियो भने अर्कोतिर फर्निचर उद्योगको चलाउदै थिए ।

त्यस भित्रको उत्पादन देख्दा त्यो कारागार नभई , विभिन्न उपभोग्य वस्तु उत्पादन गर्ने कारखान हो भन्ने अनुभुत भयो । त्यहाँको कारागार प्रशासन, बन्दीहरुका चौकीदार र ब्यवस्थापकले पनि कारागारलाई कारखानाकै रुपमा विकास गर्न कम्मर कसेर लागेको देखियो ।

कारागार बाहिर पनि बाँझो जमिनलाई सदुुपयोग गरी यसै वर्षदेखि टनेल सहित सबै प्रकारका तरकारी खेती उत्पादन गरेर वन्दीहरु तरकारीमा आत्मानिर्भर बन्ने योजना पनि सुरु गरिएको रहेछ । त्यो दृश्यले बाहिर स्वतन्त्र रहेर बेरोजगार हुँ भन्दै निराशा व्यक्त गर्नेहरुलाई गिज्याईरहेको थियो भने गाउँमा आफुले उत्पादन नगर्ने तर अरुकोमा मागेर वा किनेर खाने परिवारको अल्छीपना र परनिर्भरतालाई पनि लोप्पा खुवाईरहेको थियो ।

कारागारको उत्पादन सहित ब्यवस्थापनमा आमुल परिवर्तन ल्याउनमा दुई जना पात्रको महत्वपुर्ण भुमिका रहेको पाईयो । उनिहरु हुन ब्यवस्थापक बिष्णु थापा र चौकीदार हरि थापा । उनिहरु भन्छन १२ वर्ष अघि हामी यसै कारागारमा बस्दाको पिडा सम्झेर केहि गरेर देखाउन खोज्दैछौं ।

उनीहरुले त्यहाँ उत्पादित मुढा , ढाका र फर्निचरबाट मासिक सरदर १५ लाख सम्मको कारोबार हुुने गरेको बताए । जसबाट प्रति कामदारले प्रति महिना ८ हजार देखि १५ हजार आम्दानी हुने उनिहरु बताउँछन । कारागार जस्तो ठाउँमा त्यो उद्यमशिलता चानचुने कुरा होईन । जिल्ला कारागार प्रमुख रेश्मीराज पन्थीले हरेक महिना प्रति ब्यक्ती कालिगढहरुले मासिक १५ हजारसम्म र सहायकहरुले मसिक ८ हजार देखि १२ हजारसम्म बुझ्ने बुझाउने गरेको र यो सबल पक्ष भएको बताए ।

कारागार ब्यवस्था विभाग कालिकास्थान काठमाण्डौका प्रवक्ता कमलप्रसाल पन्थीका भन्छ्न हामीले कुन कारगारको उद्यमशिलता कस्तो भनेर मुल्याङन गर्ने मामदण्ड त बनाएका छैनौं तर पनि गुल्मी कारागार भित्रको उद्यमशिलता अन्यत्र भन्दा राम्रो छ भन्ने सुनेका छौ तर गएर हेरेका छैनौ । एकचोटी स्थलगत अवलोकनमा आउने मन छ । उनले कारागार प्रमुखले बाल निर्माणको माग गरेकोले त्यसमा आफुहरुको ध्यान गएको बताए ।

उत्पादनको दृष्टिले मात्रै होईन, भित्र वन्दीहरु सुत्ने बस्ने र खाने ठाउँमा पनि आमुल परिवर्तन आएको हामीले जिल्ला प्रशासनको अनुमति लिएर अवलोकन गर्यौं । केहि बर्ष अघि सम्म चिसो भुँईमा सुत्ने वन्दीहरुको अहिले बाहिर स्वातन्त्र मानिसहरुको जस्तै पलङ्गमा सुत्ने ब्यवस्था मिलाईएको रहेछ । ओढ्ने ओछ्याने कपडामा पनि कुनै कमी देखिएन । ट्याईलेट , बाथरुम सबैतिर निकै सफा देखियो । त्यस कारागारको उत्पादन , अनुशासन र सरसफाईले बाहिरका स्वन्त्र मानिसहरुलाई पनि प्रेरित गर्दछ ।

दशै खर्च घर पठाउनलाई पनि होला यति बेला त्यहाँका बन्दीहरुलाई काममा सदाको भन्दा अझ बढि भ्याईनभ्याई थियो । कारागार बाहिरको धुलाम्मे खाली जग्गामा समेत सिमेण्टेड गरेर पक्की खेलमैदान बनाउँदैछन । धुर्कोट गाउँपालिका , इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाको सहयोग साथै कारगारको उत्पादनको केही आम्दानी खर्च गरि उक्त खेल मैदान ढलान गर्न लागिएको चौकिदार हरि थापाले बताए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार