बुटवल। नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी बिजयी भएका छन् । अन्तिम परिणाम अनुसार सभापति पदमा गिरीले ३४६ मत पाए भने प्रतिस्पर्धी परशुराम ढकालले २४५ मत मात्र पाए ।
सहसचिवमा २९७ मत सहित संगीता गौतम अर्याल बिजी भइन् भने विष्णु प्रसाद चापागाईले २८९ मत मात्र पाए ।क्षेत्रीय सभापति हरी लम्सालले पार्टीबाट राजिनामा दिएपछि सभापति पद रिक्त थियो । रिक्त पदमा आज उपनिर्वाचन भएको हो । गिरी पार्टीको १४ औं महाधिवेशनबाट उनी क्षेत्रीय सचिव पदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया