गुल्मी । जीवन मरणको दोसाँधमा रहेका गुल्मी खर्ज्याङ्ग्का एक व्यक्तिले जीवन रक्षाका लागि सहयोगको याचना गरेका छन् । छत्रकोट गाउँपालिका-५ खर्ज्याङ्गका यमबहादुर नेपाली र उनको परिवारले यस्तो याचना गरेका हुन् ।
ब्लडप्रेशरले हानेर गम्भीर अवस्था भएपछि नेपालीलाई काठमाडौंको बासबारिस्थित न्यूरो अस्पतालमा पुराएर उपचार गराईदैछ । टाउकाको अप्रेसन गराउनको लागि झण्डै १० लाख खर्च लाग्ने तर आफुहरु संग उक्त रकम जुटाउने उपाय नभएकोले सबै संग सहयोगको हात फैलाउन बाध्य भएको श्रीमति मिना नेपालीले बताईन् ।
स-साना ६ वटी छोरी छन् । घर सम्पत्ति सबै बेचे पनि उक्त रकम पुग्दैन । नेपालीले रुदै भनिन 'मेरो श्रीमानको ज्यान बचाई दिन सबैले जति सक्नु हुन्छ सहयोग गरि दिन म विन्ती गर्दछु ।' स्थानीय समाज सेवी उर्मिला आचार्य नेपालीले पनि त्यो परिवारको दयानिय अवस्था रहेकोले सबैलाई सहयोग गरिदिन आग्रह गरिन । नेपालीलाई सहयोग गर्न ९८६७४०४४४७ मा सम्पर्क गसकिने छ ।
प्रतिक्रिया