काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढ्दै १ लाख १० हजार एक सय रुपैयाँ पुगेको हो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पाँच रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया