ताजा अपडेट »

सेयर बजार ५.१६ अंकले बढ्यो

बुधबार, २४ असोज २०८०, १५ : ५९
62 Shares
बुधबार, २४ असोज २०८०
62 Shares

काठमाडौ। ४ दिन लगातार घटेपछि पाँचौं कारोबार दिनमा बुधबार नेप्से बढेको छ । यस दिन नेप्से सूचक ५.१६ विन्दुले बढेर १८९४.७६ अंकमा आएको छ ।

५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ समूहमध्ये १० वटा समूह बढेका छन् । 

यसअघि लगातार ४ दिनमा नेप्से सूचक ७८.३५ अंकले घटेको थियो । नीतिगत सुधारका कदम चाल्न थालेपछि नेप्सेले उल्टो बाटो समाउँदा आम लगानीकर्ता समेत आश्चर्य चकित भएका थिए । नीतिगत सुधार हुँदै जानु, ब्याजदर घट्न थाल्नु अनि लाभांशको मुख्य सिजनमै बजारले उल्टो बाटो समातेको हो ।

साउन पहिलो सातादेखि नै बजार घट्दोक्रममा रहेको छ । तर बजारले समग्रमा बियरिस ट्रेन्ड समातेको भने करिब २६ महिना भएको छ । बजार एकोहोरो घटेपछि धेरै लगानीकर्ता विस्थापित भइसकेका छन् । बजारमा सकारात्मक माहोल नदेखिएपछि नयाँ लगानीकर्ताको पनि आगमन हुन सकेको छैन ।

यस दिन २८६ कम्पनीको ३७ लाख ३३ हजार कित्ता सेयर कारोबार भएको छ । ४ करोड ८० लाख रुपैयाँसहित कारोबार रकममा मान्डू हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र नबिल बैंक परेका छन् । कुल १३७ कम्पनीको भाउ बढ्दा ८५ वटाको मूल्य भने घटेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।