ताजा अपडेट »

शुद्धोधन गाउँपालिका–४ मा अनौपचारिक नागरिक सुनवाई कार्यक्रम

मंगलबार, २३ असोज २०८०, ११ : ४२
36 Shares
मंगलबार, २३ असोज २०८०
36 Shares

बुटवल । रुपन्देही स्थित इलाका प्रहरी कार्यालय छपियाको आयोजनामा शुद्धोधन गाउँपालिका–४ मा नागरिक सुनवाई कार्यक्रम अनौपचारिक रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम अध्यक्षताको शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले गरेका थिए भने कार्यक्रमको संयोजकत्व इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक लोक बहादुर जि.सीले गरेका थिए ।

शुद्धोधन–४ का कार्यवाहक अध्यक्ष तथा वडा सदस्य टोल प्रसाद राना, वडा नं ५ का अध्यक्ष चन्द्रभान चौधरी, ६ का अध्यक्ष उपेन्द्र सहानी, वडा नं ७ का वडा सदस्य लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको सचालन इलाका प्रहरी कार्यालय छपियाका असई कविराम सेन्चुरीले गरेका थिए ।

छलफलमा उठेको प्रश्नको उत्तर इलाका प्रहरी कार्यालय छपियाका प्रमुख लोक बहदुर जि.सीले दिएका थिए भने गाउँपालिका लक्षित प्रश्नहरुको उत्तर शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले दिएका थिए । नागरिकले शान्ति सुब्यवस्था, लागु औषध तथा मदिरा नियन्त्रण, मुस्कान सहित को प्रहरी शेवा , जन उत्तरदाही प्रहरी प्रसाशन, सडक दुर्घटना न्युनिकरण र नियमन हुनु पर्नेमा जोड दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।