बुटवल । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुख्खा पहिरोले जेसिबि पुरिँदा एक युवाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा दाङ जिल्ला शान्तीनगर गाउँपालिका–१ का अन्दाजी ३० वर्षीय धनबिर खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रामपुर–१० टोक्से भन्ने स्थानमा बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबि सकमाथिबाट अचानक सुक्खा पहिरो झरी पुरिएको थियो । घटना लगत्तै प्रहरी चौकी हुँगी र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले खड्कालाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएको थियो । उपचारका क्रममा गए राती घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया