नवलपरासी । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकासका लागी सस्कृतीको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्ने सक्ने बताएका छन्। बर्दघाट ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया महोत्सव २०८० लाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले सस्कृतीको जगेर्ना गरि पर्यटनको बिकास गर्ने सकिने बताएका हुन्।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनाल, लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार, बैजनाथ जैसवाल, बिश्वप्रेम पाठक लगायतले बोल्दै थारु जातीको भाषा, धर्म, सस्कृती र परम्पराको जगेर्ना गर्नु पर्ने बताए । कार्यक्रममा थारु जातीले खाने विभिन्न परिकारहरु, थारु जातिले प्रयोग गर्ने परम्परागत समाग्रीहरुको प्रर्दशनी, थारु जातीका विभिन्न सांस्कृतिक झलकहरुको प्रस्तुति गरिएको छ ।
स्वागत मन्तव्य लोकमणि चौधरीको रहेको कार्यक्रमको अध्यक्षता देवकला गुरौको रहेको कार्यक्रमको संचालक झबिन्द्र चौधरी र अमृता चौधरीले गरेका थिए । कार्यक्रममा नवलपरासीका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, राजनीति दलहरुका प्रतिनिधि, स्थानीय समाज सेवी लगायतको उपस्थिती रहेको छ ।
प्रतिक्रिया