ताजा अपडेट »

तिनाउमा उत्पीडित जातीय मुक्ति समाजको बैठक

शुक्रबार, १९ असोज २०८०, १९ : ३९
60 Shares
शुक्रबार, १९ असोज २०८०
60 Shares

तिनाउ । नेपाल उत्पीडित जातीय मुक्ति समाज तिनाउको विस्तारित बैठक दोभानमा शुक्रबार सम्पन्न भएको छ । बैठकमा समाजका केन्द्रीय सदस्य एवम् प्रदेश सहईन्चार्ज ठाकुरप्रसाद ल्वागुनले दलित जातिको हक अधिकार,न्याय र समताका लागि मुक्ति समाज निरन्तर रुपमा गतिशील रहेको बताए ।
उनले अझ पनि समुदायमा दलित जातिलाई हेर्ने दृष्टिकोण, गैरदलित र दलित जातिबीचको सामाजिक सम्बन्धमा विभेद रहँदै आएको बताउँदै नेकपा एमालेको जनवर्गीय संगठनका रुपमा स्थापित मुक्ति समाजका मागहरुलाई पार्टीले समेत उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी एवम् स्कुल विभाग सदस्य दलबहादुर गुरुङले मुक्ति समाजको अभियानलाई तिनाउमा प्रभावकारी बनाउन पार्टीको साथ र समर्थन रहने बताए । साथै समाजले दलित जातिको उत्थान र उन्नयनका लागि प्रशिक्षित र सचेतनामुखी अभियान सञ्चालनमा गर्न जोड दिए ।

कार्यक्रममा नेकपा एमाले तिनाउ गाउँ कमिटीका अध्यक्ष रोमबहादुर लम्तरी मुक्ति समाजकी केन्द्रीय सदस्य भुमा विक,प्रेम विक,केशव सुनार ,यमबहादुर कामी लगायतले तिनाउका ६ वटै वडामा मुक्ति समाजलाई बिस्तारै गर्दै संगठित गर्ने बताए । जातीय एकता र समृद्धिका लागि मुक्ति समाजको क्रियाशीलता बढाउनु पर्नेमा जोड दिए । दसै र तिहारका बीचमा घरदैलो अभियान सञ्चालन गर्ने गरि अघि बढ्ने बैठकपछि समाजका तिनाउ अध्यक्ष रामबहादुर दर्जीले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।